मकवानपुरमा फेरि दुर्घटना, १ को मृत्यू १ घाईते

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार १२:५४

मकवानपुर, १५ माघ । मकवानपुरमा पछिल्लो समय दुर्घटना हुने क्रम बढ्दै गएको छ । मोटरसाईकल दुर्घटनामा ज्यान जाने र बस, जीप लगायतका सवारी साधन ठोकिएको घटनाको एक–दुई दिन बित्न नपाउँदै अर्को दुर्घटनामा परि एक जनाको ज्यान जानुका साथै एक जना घाईते भएका छन् ।

मकवानपुरको सुकौराको चपकी खानीबाट ढुङ्गा बोकेर आउँदै गरेको ना.१ क्. ६१६३ नम्बरको ट्रिपर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाईते भएका ट्रिफरका चालक गढी गाउँपालिका २ का ४२ वर्षिय श्याम डिम्डुङको उपचारको क्रममा भरतपुरको नयाँ मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै गएराति हेटौँडा उपमहानगरपालिकाको बसामाडी नेवारपानीमा ना २९ प ६७२० नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ मनहरीका ४५ वर्षिय शिव प्रजा घाईते भएको प्रहरीले जनाएको छ । घाईते प्रजाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*