गैरआवासीय राजदूत नियुक्त

तु खबर संवाददाता
२०७४ माघ १२, शुक्रबार १७:४८

काठमाडौँ, १२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासंघका लागि नेपाली राजदूत ऋषिराम घिमिरेलाई गणतन्त्र काजकस्थानको गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले अरब गणतन्त्र इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याललाई जोर्डन अधिराज्य र क्यानडाका निम्ति नेपालका राजदूत कालीप्रसाद पोखरेललाई जमैकाको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूतत्रयलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*