हटिया–हर्नामाडी सडक अलपत्र परेपछि सिडिओ र मेयरको ढोका ढकढकाउँदै हटियावासी

तु खबर संवाददाता
२०७४ माघ १२, शुक्रबार १५:२४

मकवानपुर, १२ माघ । हटिया–हर्नामाडी सडक अलपत्र परेपछि त्यहाँका स्थानीयवासीहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र हेटौँडा उपमहानगरपालिकाको मेयरको ढोका ढकढकाउन पुगेका छन् ।

यस अघि सुचारु भईरहेको निर्माण प्रकृया बिचमानै स्थगन गरेर अलपत्र छाडिएपछि हटिया–हर्नामाडी सडक तत्काल निर्माण गर्नुपर्ने माग गर्दै हर्ना–हटिया बाटो निर्माण जनदवाव समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुर, धरान चतरा सडक कार्यालय हेटौँडा तथा हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

समितिका संयोजक सुन्दर दाहालको टोलीले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा पहल गरिदिन आग्रह गरेका छन् । ज्ञापनपत्रमा तत्काल हर्नामाडी हटिया सडक निर्माण गर्नुपर्ने, अलपत्र छाडेको निर्माण सामग्रीको ब्यवस्थापन गर्नुपर्ने, अब्यवस्थित खाडल पुर्नुपर्ने, धुलो नियन्त्रण गर्नुपर्ने, सडक निर्माणको विषयमा स्थानीयहरुले सबैकुरा जानकारी पाउनुपर्ने र मुआब्जाको विषयमा सुचना सार्वजनिक गर्नुपर्ने लगायतका माग समावेश गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ बुढाले आफुले सम्वन्धित कार्यालयलाई तत्काल निर्देशन दिनुका साथै धुलो नियन्त्रणको लागि पानी हाल्ने ब्यवस्था मिलाउन जतिसक्दो चाँडो पहल गर्ने आश्वासन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*