आन्तरिक पर्यटकहरु मकवानपुरको उत्तरी क्षेत्रमा रम्दै, होटल व्यवसाय पनि फस्टाउँदै
मकवानपुर १२ माघ । मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित सिमभञ्ज्याङ् , दामन लाएतका स्थानमा पर्यटकहरुको चहलपहल बढेको छ । गएको बुधबार हिमपात भएपछि स्थानिय पर्यटकहरुको उल्लेखनिय उपस्थिति हुन थालेको छ । अन्य समयहरुमा त्यति पर्यटकहरुको आवागमन नभएपनि हाल हिमपातका कारण आन्तरीक पर्यटकहरुको मुख्य आकर्षण हो मकवानपुरको सिमभञ्ज्याङ् र दामन । चिसो वातावरण साथै मनोरम दृष्यले भरीपुर्ण दामनबाट विभिन्न हिमालहरुको समेत दृष्यावलोकन गर्न सकिन्छ ।

पर्यटकहरुको आवागमन बढेसंगै स्थानिय व्यवसायीहरुले समेत राम्रो व्यापार गर्ने अवसर जुटेको छ । एक होटल व्यवसायीले भने अन्य समयमा दिनको १० जना सम्म लजमा बस्ने मानिसहरु हुन्थे तर हिमपात भएपछि त अटाईनअटाईनै भएको छ । उनका अनुसार अन्य समयको तुलनामा हिमपात भएको समयमा दोब्बर मुनाफा भएको छ ।

हाम्रा संवाददाता शन्देश थिङ्ले जानकारी दिए अनुसार आजसम्म पनि हिमपात भएको स्थानमा सेतो हिँउ जमिरहेको कारण पर्यटकहरुले भरपुर मनोरञ्जन गरीरहेका छन् । हिमपातका कारण चिसो भने बढेको छ ।
