मिर्चैयाको बजेट रु ४३ करोडभन्दा बढी

तु खबर संवाददाता
२०७४ माघ १२, शुक्रबार १४:०१

लहान, १२ माघ । सिरहाको मिर्चैया नगरपालिकाको पहिलो नगरसभामा आव २०७४÷०७५ का लागि रु ४३ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले चालू आव ०७४÷०७५ का लागि रु ४३ करोड ३२ लाख ९१ हजार १३३ को बजेट विहिबार प्रस्तुत गर्नुभएको हो ।

नगरप्रमुख यादवका अनुसार आन्तरिक आयतर्फ रु एक करोेड ५० लाख ९३ हजार १३३, राजश्व बाँडफाँड ९रजिष्टे«शनतर्फ० रु ५० लाख, संघीय संरचना पूँजगत विकास कार्यक्रमतर्फ रु ४८ लाख, वित्तीय समीकरणतर्फ रु २५ करोड दुई लाख २३ हजार, सशर्त पूँजीगततर्फ रु सात करोड दुई लाख १५ हजार, सामाजिक सुरक्षातर्फ रु सात करोड ४४ लाख तीन हजार, सडक बोर्डतर्फ रु ३५ लाख, एलजिसिडिपीतर्फ रु १५ लाख ५७ हजार गरी रु ४३ कारेड ३२ लाख ९१ हजार १३३ अनुमान गरिएको छ ।

यस्तै, व्ययतर्फ रु सात करोड १४ लाख दुई हजार ५००, पूँजीगत खर्चमध्ये वित्तीय समीकरणतर्फ रु २१ करोड २४ लाख ७० हजार ६३३, सशर्त पूँजीगततर्फ रु सात करोड दुई लाख १५ हजार, सामाजिक सुरक्षा चालूतर्फ रु सात करोड ४४ लाख तीन हजार, संघीय संरचना पूँजीगत विकासतर्फ रु ४८ लाख अनुमानित व्यय प्रस्ताव गरिएको नगरप्रमुख यादवले जानकारी दिनुभयो ।

जनताको हित र कल्याणको पक्षमा सदुपयोग गर्नुका साथै पाँच वर्षको अवधिलाई फलदायी र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ बजेट, नीति तथा कार्यक्रम तयार गरिएको नगरप्रमुख यादवको भनाइ छ ।

हिजोदेखि शुरु भएको नगरसभाको एक कार्यक्रमका बीच नेकपा ९माओवादी केन्द्र०का नेता तथा पूर्वमन्त्री मातृका यादवले उद्घाटन गर्नुभएको थियो ।

मिर्चैयामा बैंक अफ काठमाडौँ

यसैबीच, सिरहाको मिर्चैयामा बैंक अफ काठमाडौँले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ७७ औँ शाखाको रुपमा मिर्चैयामा सञ्चालनमा ल्याएको हो ।

बैंकका सञ्चालक समितिका सदस्य गोविन्दप्रसाद शर्मा रेग्मीले बिहीबार साँझ बैंकको शाखा एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा बैंकका सहायक महाप्रबन्धक महेश मिश्र, क्षेत्रीय प्रमुख अमित चन्द, राष्ट्रपतिका स्वकीय सचिव जिवछ साह, उद्योग वाणिज्य संघ, मिर्चैयाका अध्यक्ष हरिशंकर साहलगायतको उपस्थिति रहेको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*