साहित्यकार तथा पत्रकार साह सम्मानित
मकवानपुर । गढीमाई नगरपालिकाले बज्जिका तथा नेपाली भाषाको माध्यमबाट साहित्यमा योगदान पुर्याएको भन्दै तु खबर डट कमका स्तम्भकार, अग्रज पत्रकार तथा साहित्यकार संजय साह मित्रलाई आज सम्मान गरेको छ ।
गढीमाई नगरपालिकाको प्रथम नगरसभाको अवसरमा साहलाई प्रमुख अतिथि साँसद देविप्रसाद तिमल्सिनाले सम्मानित गरेका हुन् । नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित साहले सम्मानले आफूलाई अझ क्रियाशील हुन प्रेरित गरेको बताए ।
