प्रदेश-४ मा राष्ट्रिय सभा निर्वाचन : ८ पदका लागि १२ जना भिड्दैँ
कास्की / २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४ नम्बर प्रदेशबाट १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ८ पदका लागि हुने निर्वाचनमा कुनै पनि राजनीतिक दलले पुरै उम्मेदवारी नदिएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा पोखराले जनाएको छ ।
एमाले र कांग्रेसबाट ४/४, माओवादी र राष्ट्रिय जनमोर्चाबाट २/२ गरी १२ जनाले उम्मेदवारी दर्ता गराएको ४ नम्बर प्रदेशका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।
३/३ जना खुल्ला र महिला, दलितस, अल्पसंख्यक वा अपाङ्ग मध्ये १/१ जना गरी ८ जना राष्ट्रिय सभामा पुग्नेछन् । जसमध्ये खुल्ला सदस्य र महिला सदस्यका लागि ४/४ जना, दलित र अल्पसंख्यक वा अपाङ्ग सदस्यका लागि २/२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
मनोनयन दत्र्ता गर्नेहरुमा खुल्ला तर्फ एमालेका गणेशप्रसाद तिमिल्सिना (पर्वत), कांग्रेसका सुरेन्द्रराज पाण्डे (गोरखा), माओवादी केन्द्रबाट दीननाथ शर्मा (बागलुङ) र राष्ट्रिय जनमोर्चाबाट मनोनयन दर्ता गर्नेमा खुलातर्फ कृष्ण अधिकारी (बागलुङ) रहेका छन् ।
महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ) र शान्ति अधिकारी जिशी (बागलुङ), कांग्रेसकी विन्दादेवी रानामगर आले (कास्की) र राष्ट्रिय जनमोर्चाकी मीना पुन (बागलुङ) छन् ।
दलिततर्फ कांग्रेसका जीतबहादुर नेपाली (पर्वत) र माओवादी केन्द्रका खिमबहादुर वि.क. (स्याङ्जा)ले मनोनयन दर्ता गरे ।
यसैगरी, अल्पसंख्यक वा अपाङ्गतर्फ एमालेका रामबहादुर थापा (स्याङ्जा) र कांग्रेसका प्रकाश पन्त छन् । प्रदेश सभाका ६० र स्थानिय निकायका प्रमुख र उपप्रमुख १ सय ७० गरि २ सय ३० जना मतदाता रहेका क्षेत्रीय निर्बाचन कार्यालयका प्रमुख गंगालाल सुबेदीले बताए ।
प्रदेश सभामा ३६ प्रत्यक्ष सांसद ३६ र २४ समानुपातिक गरी ६० जना मतदातन गर्नेछन् भने, स्थानीय तहका प्रमुख र उपप्रमुख १ सय ७० जनाले पनि मतदान गर्नेछन् । प्रदेश नम्बर ४ मा जम्मा मतदाता २ सय ३० जना रहेका नया पत्रिका मा समाचार छ ।
