स्याउली बजारबाट एक सय लिटर घरेलु मदिरा बरामद
मकवानपुर, ९ माघ । हेटौँडा १८ स्याउली बजारस्ति सडक खण्डबाट एक सय लिटर घरेलु मदिरा बरामद भएको छ ।
सोमबार बिहान करिब ८ बजेको समयमा प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलीले सो सडकखण्डामा सवारी साधन रोकी जाँच गर्ने क्रममा ठुलोदमारबाट हेटौडातर्फ आउँदै गरेको ना. २ ख. ७८८५ नम्बरको बस र ना. ५ ख. १८१६ नम्बरको बसमा उक्त मदिरा फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेको मदिरा आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय हेटौडामा पठाईएको छ ।
