हेटौँडामा जबरजस्ती यौनधन्दा गराएको आरोपमा होटलका मालिक पक्राउ

तु खबर संवाददाता
२०७४ माघ ७, आईतवार १८:५९

मकवानपुर, ७ माघ । जबरजस्ती अवैध यौनधन्दा संचालन गर्न युवतीलाई बाध्य गराइएको आरोपमा हेटौँडाका एक होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा संचालनमा रहेको ग्यालेक्सी होटल एण्ड लजका संचालक ३८ वर्षीय रमेश कुमार श्रेष्ठलाई शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ग्यालेक्सी होटल एण्ड लजमा २ जना युवतीलाई जबरजस्ती यौन कार्य गर्न बाध्य बनाएको भन्दै श्रेष्ठलाई नियन्त्रणमा लिई मानव बेचबिखन मुद्धामा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*