करिब ९ लाख चोरी, २ जना पक्राउ
काठमार्डाैँ,७ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको लुटपाट र चोरीमा २ जनालाई पक्राउ गरिएको छ ।
रुपन्देहीको बुटवल नगरपालिका–५ तिँनाहु स्थित शंकर पेट्रोल पम्पको काउण्टरबाट शनिबार ४ लाख ३० हजार रुपैयाँ नगद चोरी भएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँ बस्ने २१ वर्षीय शिर्षक थापा र २४ वर्षीय बिशिष्ठ थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजु डेरा गरी बस्ने लम्जुङकी २३ वर्षीया शुष्मा घिमिरेको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर करीव १ लाख ६६ हजार रुपैयाँ मुल्य बराबरका सुनका बिभिन्न गरगहनाहरु शुक्रबार चोरी भएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–१४ लोहार चोक डेरा गरी बस्ने सिन्धुपाल्चोकका ५२ वर्षीय पासाङ दोर्जे लामाको कोठाबाट कोही नभएको अवस्थामा कोठाको ताला फोडेर सुनका बिभिन्न गरगहना र नगद १ लाख रुपैयाँ गरी करीव १ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली डेरा गरी बस्ने झापाको दमकका ३३ वर्षीय उद्घब भट्टराईको कोठामा कोही नभएको अवस्थामा कोठाको ताला फोडेर सुनका बिभिन्न गरगहना, ल्यापटप १ थान, क्यामेरा १ थान, ट्याब ३ थान, कम्प्युटरको हार्डडिक्स १ थान गरी करीव १ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।
चोरहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
