३ नम्बर प्रदेश सांसदलाई यसरी गराईदैछ शपथ ग्रहण (फोटो फिचर)

तु खबर संवाददाता
२०७४ माघ ७, आईतवार ११:३७

मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम भव्य रुपमा शुरु भएको छ । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा यतिखेर बाजागाजा सहित ३ नम्बर प्रदेशका सांसदहरुको स्वागत गरिएको छ ।

कडा सुरक्षाका बिच यतिखेर शपथ ग्रहणको कार्य शुरु भएको छ । यस अघि नै मकवानपुरका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेललाई ३ प्रदेशसभा प्रमुख अनुराधा कोईरालाले शपथ ग्रहण गराई सकेकी छिन् । बाँकी १०९ सांसदलाई भने पौडेलले शपथ ग्रहण शुरु गरेका छन् ।

यतिखेर हेटौँडामा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका गरि १ सय १० जना सांसदहरु श्पथ ग्रहणको लागि तयार भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*