३ नम्बर प्रदेश सांसदलाई हेटौँडामा बाजागाजा सहित स्वागत
मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम भव्य रुपमा शुरु भएको छ । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा यतिखेर बाजागाजा सहित मकवानपुरे सांसद सहितको टोली ३ नम्बर प्रदेशका अन्य प्रदेश सांसदहरुको स्वागतका लागि फुलमाला लिएर तम्तयार भएका छन् ।
यस अघि नै मकवानपुरका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेललाई ३ प्रदेशसभा प्रमुख अनुराधा कोईरालाले शपथ ग्रहण गराई सकेकी छिन् । बाँकी १०९ सांसदलाई भने पौडेलले शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

साथै सुरक्षाका दृष्टिकोणले समेत शुरक्षामा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिएका छन् ।
