हेटौंडामा यसरी गुञ्जिए पोखरेली गजलकार दीपक समीप

तु खबर संवाददाता
२०७४ माघ ७, आईतवार ०९:१९

मकवापनुर, ७ माघ । गजल मञ्च मकवानपुरको आयोजनामा पोखरेली गजलकार दीपक समीपको एकल गजल वाचन भएको छ । समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका हुन् ।

उनले कार्यक्रममा आफ्ना झण्डै दुई दर्जन गजल सुनाएर हेटौंडेली साहित्यकार, गजलकार तथा गजल अनुरागीको मन जितेका छन् । गजल मञ्च मकवानपुरको १४० औं गजल यात्राको सन्दर्भमा समीपका दमदार गजलहरु सुनिएका हुन् । मकवानपुर बहुमुखी क्याम्पसको हलमा समीपले करिब डेढ घण्टासम्म आफ्ना गजल प्रस्तुती दिइरहँदा हेटौंडेली गजल पारखीहरुले ताली बजाएर उनको प्रशंसा गरेका थिए । मञ्चले हरेक महिनाको पहिलो शनिबार गर्दै आएको गजल यात्राको १४० औं शृङ्खलामा पोखरेली गजलकार समीपका गजल सुनाइएको हो ।

कार्यक्रममा साहित्यकार निमेष निखिलले समीपको व्यक्तित्व र कृतित्वको बारेमा बोलेका थिए । गजलमा सरल भाषाको प्रयोग गरी सामाजिक यथार्थताको चित्रण गर्न सक्ने खुबी समीपमा रहेको निखिलको दाबी थियो । कार्यक्रममा साहित्यकार ईश्वर कँडेल, गीतकार तुल्सी घिमिरे, आँचल साहित्य कला पञ्जकी अध्यक्ष अप्सरा तिमल्सिना, मञ्चका उपाध्यक्ष सिएम रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*