रिलायन्सका विद्यार्थीहरुद्वारा वृद्धाश्रमलाई सहयोग

तु खबर संवाददाता
२०७४ माघ ६, शनिबार २०:२२

मकवानपुर, ६ माघ । रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले हेटौँडा २ मा रहेको ओम बृद्धाश्रममा खाद्य सामाग्री सहयोग गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्ब ५ मा अवस्थित विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट मार्फत अध्ययन भ्रमणका लागी नेपाल आएका अमेरिकी विद्यार्थीहरुसँगको सहकार्यमा सहयोग गरेका हुन् ।

उनीहरुले आश्रममा पुगेर त्यहा आश्रित बृद्धबृदाहरुका लागी फलफुल, विस्कुट, जुस लगाएतका खाद्य सामाग्री हस्तान्तरण गरेका थिए । उक्त अबसरमा विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले विद्यार्थीहरुको तर्फबाट पाँच हजार एक सय रुपैँया आश्रामका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरे । कार्यक्रममा विद्यालयका प्राचार्य श्रेष्ठले विद्यार्थीहरुको सामाजिक कार्यप्रतिको रुचिले आफुलाई निकै प्रभावित पारेको बताएका थिए । प्राचार्य श्रेष्ठले विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबका प्रेसिडेन्ट आयुष मिश्र र विनम्र अधिकारी काठमाडौँमा सम्पन्न भएको ग्लोब युथ कन्फ्रेन्समा सहभागी हुने अवसर पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीहरुलाई यस्ता कार्यमा सहभागिताका लागी सहयोग पु¥याउँने प्रतिवद्धता व्यक्त गरे ।

बिद्यार्थीहरुले आज (शनिवार) विहानै विद्यायल परिसरमा क्लबले गरिरहेका कृयाकलापको बारेमा छलफल गरेको सस्टेनेबल क्लबका भाइस प्रेसिडेन्ट सेजल अधिकारीले जानकारी दिइन । कार्यक्रममा ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्टका भाइस पे्रसिडेन्ट ओसी लिभरम्यान, सामाजिक सहजकर्ता रुदिप राजथला, नेपाल कोअर्डीनेटर विबेस मानन्धर, नेपाल प्रतिनिधिहरु आयुष मानन्धर, विपिन पाण्डे, अमेरिकि विद्यार्थीहरु म्याथिल्ड रिस्पोली, मार्कस उल्फ, विद्यालयका शिक्षक मनोज मिश्र र क्लबमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

पिस क्लबकी भाइस प्रेसिडेन्ट स्विकृती खड्काले भोली आइतबार क्लबले हेटौँडा बजार क्षेत्रमा ट्राफिक नियम बारे सचेतना कार्यक्रम गर्ने जानकारी दिइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*