हेटौँडा ३ नम्वर प्रदेशकोे अस्थायी राजधानी , ७ ओटै प्रदेशको सदरमुकाम र प्रदेश प्रमुख तोकियो

तु खबर संवाददाता
२०७४ माघ ३, बुधबार १७:४०
तस्बिर–गुगल

मकवानपुर, ३ माघ । सरकारले ७ वटै प्रदेशको अस्थायी सदरमुकाम र प्रदेश प्रमुख तोकेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले अस्थायी प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको हो ।

निर्णय अनुसार १ नम्बर प्रदेशको अस्थायी राजधानी बिराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको धनगढी अस्थायी राजधानीका रुपमा तोकिएको हो ।

त्यस्तै प्रदेश प्रमुखका रुपमा प्रदेश नम्बर १ मा डा. गोबिन्द सुब्बा , २ मा रत्नेश्वरलाल कायस्थ, ,३ मा अनुराधा कोईराला ,४ मा बाबुराम कुवँर, ५ मा उमाकान्त झा, ६ मा दुर्गा प्रसाद खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुखका रुपमा तोकिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*