सवारी दुर्घटनामा २ जनाको मृत्यू

तु खबर संवाददाता
२०७४ माघ ३, बुधबार १२:५१

काठमाडौं, ३ माघ । मुलुकका दुई स्थानहरुमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

मोरङको सुन्दरहरंैचा नगरपालिका–६ सिसौघारी स्थित भित्री सडकखण्डमा को.२ त ६००६ नम्बरको ट्याक्टरले मंगलबार सोही स्थान बस्ने टेक बहादुर राईको छोरा ३ बर्षीय क्षितिज राईलाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवनको खैरहनी नगरपालिका–८ स्थित चौबिसकोठी चोकमा ग.१ क २९४६ नम्बरको ट्रकले मंगलबार स्कुटीलाई ठक्कर दिदाँ स्कुटी पछाडी सवार चितवन रत्ननगर नगरपालिका जुटपानी बस्ने ५० बर्षीया राममाया कुमाल घाईते भई उपचारार्थ पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटी,ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*