बाघको छाला, हड्डीसहित दुई पक्राउ

तु खबर संवाददाता
२०७४ माघ २, मंगलवार १९:१०

गोरखा, २ माघ : तनहुँको आँबुखैरेनीबाट ध्वाँसे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षीय इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । बा १५ च ७४५६ नं को स्कारपियो गाडी खोजतलासका क्रममा आज इप्रका आँबुखैरेनी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले तीन वटा बाघको छाला र हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई वन्यजन्तु ओसारपसार ऐनअनुसार कारबाही गर्न जिल्ला वन कार्यालयमा बुझाएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताउनुभयो । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*