बाघको गणना शुरु

तु खबर संवाददाता
२०७४ पुष २९, शनिबार १२:०४

नवलपरासी, २९ पुस । नवलपरासी बर्दघाट सुस्ता पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ ।

क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको राससले जानकारी दिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका लागि कार्य शुरु गरिएको छ ।

नवलपरासीको गँैडाकोटमा रहेको थुम्सी, कावासोतीको पिठौली, मध्यबिन्दुको तमासपुर र चोरमारा, विनयीत्रिवेणीको दुम्कीवासमा गरी पाँच स्थानमा प्राविधिक टोलीक्यामेरा ट्रयापिङका लागि खटिएका छन् ।

प्राविधिकसहितको टोलीले क्यामेरा ट्रयापिङमार्फत गणनाको कार्य अघि बढाइएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य होमनाथ पाण्डेले जानकारी दिए ।

निकुञ्ज र मध्यवर्ती क्षेत्र र सामुदायिक वनका ७० ठाउँमा गरी कम्तीमा ७० वटा क्यामेरा जडान कार्य अघि बढाइएको राष्ट्रिय वन्यजन्तु संरक्षण कोष सौराहा चितवनका जैविक विविधता संरक्षण केन्द्रका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले बताए। साथै आवश्यक पर्ने स्थानमा हात्तीको समेत सहयोगमा काम गरिँदै छ ।

नवलपरासीका निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रसँगै सामुदायिक वनमा पनि बाघको गणना एकैसाथ गरिने छ । नवलपरासीको सामुदायिक वनमा गत वर्ष बाघको आक्रमणबाट सात जनाले ज्यान गुमाएका थिए भने केही मानिस घाइतेसमेत भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*