बसको ठक्करबाट बालकको मृत्यु

तु खबर संवाददाता
२०७४ पुष २८, शुक्रबार १४:०५
तस्बिर–गुगल

दाङ, २८ पुस । स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् ।

आज बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको राससले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*