नारायणी यातायातको अध्यक्षमा यसकारण उठ्दैछन् गोकर्ण पराजुली

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार १५:२८

मकवानपुर २५ पुस । नारायणी यातायात व्यवसायी संघको आसन्न पुस २७ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा गोर्कण पराजुलीले उम्मेदवारी घोषणा गरीसकेका छन् । उनी २ दशकदेखि यातायात र व्यवसायीको हकहितको लागि आफु जुटीरहेको बताँउछन् । उनको उम्मेदवारीको विषयमा तु खबरले उनीसंग कुराकानी गरेको थियो । उनले आफु विकृति, विसंगति र भ्रष्टाचारको विरुद्धमा सशक्त रुपमा प्रस्तुत हुँदैं आएको र आफ्नो सम्र्पुण टिमले यातायात व्यवसायीको हकहित र संरक्षणमा विशेष योगदान दिँदै आएको दाबी गर्छन् ।

तु खबरले उनलाई उनको योजनाहरुको बारेमा पनि जिज्ञासा राखेको थियो । उनले आफुले पहिले पनि यातायात व्यवसायीको हकहितकालागि पहल गरीरहेको र निर्वाचनबाट आफु निर्वाचित भएको खण्डमा पनि आफु व्यवसायीक हकहितकै लागि लाग्ने बताए । उनले आफ्नो कार्याकालमा संघको काम गर्ने शैलीलाई व्यवसायीमूखी बनाएको, दुर्घटना हितकोषको कार्यक्रम सञ्चालन गरेको, अस्पतालहरुमा पारदर्शी ढंगले उपचार व्यवस्था मिलाएको, ट्रक, बस र ट्याङ्कर क्षेत्रमा आवद्ध व्यवसायीका समस्यालाई छुट्टाछुट्टै ढंगले सम्बोधन गर्ने व्यवस्था गरेको, कर्मचारीहरुलाई जिम्मेवार बनाउने, शाखा कार्यालयहरुलाई अधिकार सम्पन्न बनाउने जस्ता कामहरु गरेको स्मरण गर्दै आगामी दिनहरुमा झन व्यवसायीहरुको साथ पाए थप उर्जाका साथ काम गर्ने बताए ।

उनले आफु र आफ्नो प्यानल निर्वाचित भएपछिका योजनाहरु पनि तु खबरलाई बताए । सर्वप्रथम नारायणी यातायात व्यवसायी संघ सम्र्पुण यातायात व्यवसायीकोे अभिभावक हो भन्ने प्रत्याभुति दिलाउनको लागि पहल गर्ने उनको योजना छ । यातायात व्यवसायीको लगानीको उचित प्रतिफल आउने वातावरण तयार पार्न पहल गर्ने र पुराना सवारी विस्थापित गर्दै व्यवसायीको मात्र नयाँ गाडी दर्ता गर्ने योजना उनीसँग छ । साथै विस्थापित हुने सवारी धनीलाई विशेष सुविधा र राहतका प्याकेज समेत लागू गर्ने उनले बताए ।

दुर्घटना हुँदा व्यवसायीले ऋण गरेर गाडी बनाउनुपर्ने तथा घाइते र मृतकलाई क्षतिपूर्ति दिनु पर्ने अहिलेको अन्यायपूर्ण अवस्थाको अन्त्य गर्न पहल गर्ने पनि उनले बताए । सवारी मर्मतमा पेश्की, बिमामा आवश्यक सहजिकरण र घाइते वा मृत्यू हुँदा लाग्ने सबै खर्च संघले नै व्यहोर्ने व्यवस्था मिलाउन पहल गर्ने उनको योजना छ । अहिले संघले दिँदै आएको धन दायित्वतर्फको सुविधालाई प्रत्येक वर्ष बृद्धि गर्दै लग्ने र दररेट समेत समय सापेक्ष बृद्धि गर्न पहल गर्ने लगाएतका योजनामा पनि उनी अग्रसर हुन चाहेको बताउँछन् ।

त्यसैगरी यात्रुबाहक सेक्टरलाई नमूनाको रुपमा लिई पहिलो चरणमा यात्रुबाहक सवारीको कर, परमिट, बिमा लगायत सबै कागजात संघबाटै तयार गर्ने र दुर्घटनाको अवस्थामा संघले नै सवारी मर्मत गरिदिने गरी आवश्यक व्यवस्थापन गर्न पहल गर्ने उनको अर्को योजना छ । उनले यो कार्यक्रमलाई ३ वर्षभित्र सबै सवारीमा लागू गरी दुर्घटना हुँदा सवारीधनीलाई हुने आर्थिक र मानसिक तनावबाट मुक्त पार्न बिशेष पहल गर्ने योजना समेत अघि सारेका छन् । तौलपुलमा भइरहेको अपारदर्शितालाई हटाउन, आम व्यवसायीको प्रतिनिधित्व राख्ने, र सूचना, सञ्चारको माध्यम समय अनुकूल व्यवस्था गरी ढुवानी तथा ओभरलोडलाई निरुत्साहित गर्ने कार्यको थालनी गर्दै लामो गाडीहरुको तौल गर्न मिल्ने गरी तौलपुलको पुनः संरचना गर्ने योजना पनि उनीसँग भएको उनी दाबी गर्छन् ।

दुर्घटनाको न्यूनिकरण , यात्रुबाहक क्षेत्रमा नयाँ–नयाँ रुट बृद्धि गरी देशव्यापी रुपमा यात्रुबाहक सेवा सञ्चालन गर्ने । संघको मुख्य कार्यालय एवं शाखाहरुलाई सुचना प्रविधिमा चुस्त दुरुस्त बनाउने, र व्यवासयीको संख्या र दुर्घटनाको जोखिमका आधारमा नयाँ शाखा तथा सम्पर्क कार्यालयहरु खोल्ने । यसका लागि तत्काल धादिङ र कोशी पूर्व १, १ जना आरक्षण कोटासहित कार्यालय स्थापना गर्ने । साथै क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुको अधिकार बृद्धि गरी सम्बिन्धत क्षेत्रका व्यवसायीले सोही शाखाबाटै सबै सुविधाहरु पाउने वातावरण बनाउन डटेर लाग्ने उनले दाबि गरे ।

आर्थिक पारदर्शिता, अनावश्यक खर्च कटौती गर्दै अनावश्यक लाभ र विकृतिमा आफु र आफ्नो टिमलाई कदापि लाग्न नदिने उनले प्रतिबद्धता समेत व्यक्त गरे । दुर्घटनाको केश किनारालाई उच्च प्राथमिकतामा राख्ने तथा शाखा र क्षेत्रमा १, १ वटा र मुख्य कार्यालयमा २ वटा टोलीलाई आकस्मिक रुपमा तत्काल परिचालन हुन सक्ने गरी आवश्यक श्रोत साधनसहित कार्यसमिति, उपसमिति, व्यवसायी र कर्मचारीको संयन्त्र निर्माण गर्ने पनि उनले बताए । केशको जटिलताका आधारमा कार्यसमितिका प्रत्येक पदाधिकारी, सदस्यहरुलाई दुर्घटना केशमा अनिवार्य प्रतिनिधित्व गर्ने गरी जिम्मेवार बनाउने पनि उनका योजनाहरु रहेका छन् ।

मुख्य कार्यालयको भवन स्थानान्तरण गरी थानाभ¥याङ्मा सुविधा सम्पन्न भवन बनाउने र त्यहीँबाट धनदायित्व मूल्याङ्कनको काम विहान ६ बजेदेखि साँझ ६ बजेसम्म गर्ने व्यवस्था मिलाउने पनि आफ्नो योजना रहेको पराजुलिले बताए । विदेशी मालबाहक सवारीहरुको निर्वाध नेपाल प्रवेशमा निषेध गर्न नेपाल सरकारसँग समन्वय र प्रभावकारी पहल गर्न उनले लागिपर्ने धारणा समेत व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*