जिल्ला प्रहरी कार्यालय मकवानपुरको सवारी पार्किङ क्षेत्र अव्यवस्थित (फोटो फिचर)

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार १४:१६

मकवानपुर २५ पुस । जिल्ला प्रहरी कार्यालय मकवानपुरको सवारी पार्किङ क्षेत्र व्यवस्थित हुन सकेको छैन । केहि समय अघि २५ मिटर सडक प्रकरणका कारण केहि सरकारी कार्यालयहरु रहेका स्थानमा बाटो विस्तार गर्नेकाम गरीएको थियो ।

जिल्ला प्रहरी कार्यालय जिल्ला हुलाक कार्यालय लगाएत रहेका स्थानमा पनि बाटो विस्तार गरीएको थियो । हाल त्यहि विस्तार गरीएको बाटोमानै सेवाग्राहीहरुले सवारी पार्किङ गरीरहनुपरेको अवस्था छ । सडकमा सवारी पार्किङ निषेध लेखिएको बोर्ड राखिएको छ । तर सवारी पार्किङ् गर्ने उपयुक्त स्थानको व्यवस्था भने गरीएको छैन् जसका कारण सेवाग्राहि तथा सर्वसाधारण जनताहरुमा जिल्ला प्रहरी कार्यालय सेवाग्राहीमैत्री नभएको प्रति गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*