जनप्रिय टोलमा खानेपानी ट्यांकी र शौचालय

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार ११:५४

पोखरा, २५ पुस । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

जनप्रिय आमा समूहको सक्रियतामा महानगरपालिकाको रु सात लाख ९६ हजार ५०० र आमा समूहको रु ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी पवित्रादेवी गुरुङले बताउनुभयो ।

सो ठाउँको १३ आना एक पैसा १३ दाम सार्वजनिक जग्गामा १० हजार लिको पानी ट्यांकी तथा पुरुष र महिलाका छुट्टाछुट्टै शौचालय निर्माण गरिएको हो । पानी ट्यांकीको निर्माणपछि जनप्रिय टोलका एक हजारभन्दा बढी बासिन्दा लाभान्वित भएका छन् । कास्कीका प्रअिज तारानाथ अधिकारीले आज यहाँ ट्याङ्की र शौचालयको उद्घाटन गर्नुभएको थियो । – (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*