हेटौँडामा बरामद भएको ५९ हजारको अवैध कपडा राजश्व अनुसन्धानमा बुझाईयो
मकवानपुर, २५ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा बसको सिटमुनि लुकाई राखेको अवस्थामा करिब ५९ हजार रुपैयाँको भन्सार छलिएको कपडा बरामद भएसँगै सोमबार आन्तरिक राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाइएको छ ।
पुस २१ गते करिब २ बजेको समयमा प्रहरी चौकी बसपार्क, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १० बसपार्क स्थित सडक खण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा विरगंजबाट नारायणगढ तर्फ जाँदै गरेको ना। ५ ख.१५२३ नम्बरको बस रोकी जाँच गर्दा सोही बसमा सिट मुनी लुकाई राखेको बिभिन्न किसिमका कपडा बरामद गरेको थियो । बरामद गरेको कपडाहरुमा साडी, कुर्ता सुरुवाल, धोती र लेहेङ्गा गरी करिब मूल्य रु. ५९ हजार बराबरको रहेको थियो ।
बरामद भएको कपडालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाईएको हो ।
