आगलागीमा १७ लाखको क्षति
काठमाडौँ, २४ पुस । मुलुकका विभिन्न स्थानहरुमा भएको आगलागीमा परि करिब १७ लाखको क्षति भएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाम बस्ने मदन अधिकारीको घरमा आइतबार सोलार प्यानलको तार सर्ट भई आगलागी हुँदा करीब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
सप्तरीको बोदेबर्साईन नगरपालिका–९ बस्ने शिवनारायण महतोको गोठमा बालेको घुरबाट आइतबार आगलागी हुँदा गोठ आंशिक रुपमा जलेर करीब १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सिराहाको लहान नगरपालिका–२२ जहदी गमरिया बस्ने रामबृक्ष साहको गोठमा बालेको घुरबाट मंगलबार आगलागी हुँदा २ वटा घर जलेर करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवशयक अनुसन्धान गरिरहेको छ ।
