मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यू

तु खबर संवाददाता
२०७४ पुष २४, सोमबार १७:४९
तस्बिर–गुगल

मोरङ, २४ पुस । मोरङको दुई नगरपालिकामा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यू भएको छ ।

सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारीचोक स्थित पूर्व–पश्चिम राजमार्गमा ना.३ ख ६०५८ नम्बरको ट्रकले को.१६ प ७७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक २६ वर्षीय कृष्ण राईको मृत्यू भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाले राईलाई घोपा अस्पताल धरान पठाइएको थियो । तर उपचारको क्रममा उनको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्रक चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका–९ कालीभट्टास्थित आमबारी–उर्लाबारी सडक खण्डमा मे.१ त ५९५६ नम्बरको ट्याक्टरले को.१२ प ६२८७ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिदाँ सोही ठाउँ बस्ने मोटरसाइकल चालक ४५ वर्षीय सोमनाथ गौतमको मृत्यू भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गौतमलाई उपचारको लागि मंगलबारे अस्पताल मंगलबारे पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*