घुस लिँदालिँदै २ कर्मचारी अख्तियारद्वारा च्याप्पै

तु खबर संवाददाता
२०७४ पुष २३, आईतवार २०:१४

दाङ, २३ पुस : सरकारी संचारमध्यम राससले जनाए अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज लमहीबाट घुससहित लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ ।

उनीहरुले घर अभिलेखन कार्यका लागि नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले रु ५० हजार घुस लिइसकेको अवस्थामा कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो ।

रकमसहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको निमित्त कार्यालय प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*