मकवानपुरको मनहरीमा २ जना पक्राउ, ५ दिनको म्याद थप
मकवानपुर, २३ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा लागुऔषध मुद्धामा पक्राउ परेका दुई युवकलाई ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।
पुस २२ गते शनिबार करिब साँझ ५ बजेर १० मिनेट जाँदा ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी– ७ स्थित प्रहरी चेकपोष्टमा सवारी साधन रोकी जाँच गर्ने क्रममा हेटौडाबाट चितवनतर्फ जादै गरेको ना. ४२ प. ४६४७ नम्बरको स्कुटर रोकी जाँच गर्दा सोही स्कुटरमा सवार चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३७ को संजय चौधरी र वर्ष २६ को संजय भुजेललाई पक्राउ गरिएको थियो ।
उनीहरुले स्कुटरको फुट प्यानलभित्र कालो प्लाष्टिक भित्र लुकाई छिपाई ल्याएको नियन्त्रित लागू औषध नाईट्रोभेट १९ पत्तामा ५७० ट्याब्लेट र रेस्काप ३ बोत्तल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
