मृत अवस्थामा महिला फेला परिन्

तु खबर संवाददाता
२०७४ पुष २२, शनिबार १३:०१

जनकपुरधाम, २२ पुस । जनकपुर उपमहानगरपालिका–९ मा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

तस्बिर–गुगल

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका–९ की ५२ वर्षीया रतियादेवी यादव रामानन्द चोकको तरकारी बजारमा मृतावस्थामा फेला परेको राससले जनाएको छ ।

यादव रामानन्द चोकको तरकारी बजारमा तरकारी बेच्ने गरेकी थिइन् । मृतकले लगाएकी चप्पल फोहर फाल्ने कन्टेनरमा भेटिएको र अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*