किस्ने सिँचाइ योजनाको काम सम्पन्न

तु खबर संवाददाता
२०७४ पुष २२, शनिबार ११:२६
Pic Source : newsofnepal

भद्रपुर, २२ पुस । झापाको दक्षिण पश्चिम क्षेत्र लक्ष्य गरी तीन वर्ष पहिले सञ्चालन भएको किस्ने खोला सिँचाइ आयोजनाको निर्माणसम्पन्न भएको छ ।

विसं २०७१ मंसिरमा तत्कालीन सिँचाइ विकास सचिव माधवप्रसाद रेग्मी र सभासद् दीपक कार्कीले संयुक्त रुपमा सो आयोजनाको शिलान्यास गर्नुभएको थियो । लगभग एक हजार ४५० हेक्टर जग्गामा सिञ्चित गर्ने उद्देश्यले ७.५० किमी लम्बाइ रहेको नहर निर्माणमा लगभग रु ११ करोड लागत लागेको सिंचाइ विकास डिभिजन कार्यालय प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

नहर कन्काई विल्डर्स कम्पनीले निर्माण गरेको हो । निर्माण कम्पनीले समयमै योजना सम्पन्न गरेकामा डिभिजन प्रमुख तिवारीले धन्यवाद दिनुभयो । बीस वर्षको लामो प्रयासपछि निर्माण भएको सो योजनाबाट गौरादहवासी हर्षित भएको र यसबाट गौरादह नगरपालिकाको वडा नं १, २ र ३ का किसान लाभान्वित भएको किस्ने सिँचाइ योजना जलउपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी दाहालले बताउनुभयो ।

नहर निरीक्षण गर्ने क्रममा पूर्वाञ्चल सिँचाइ निर्देशनालयका निर्देशक मोहनकुमार शाक्यले सो योजनालाई प्रयोगमा ल्याउन उपभोक्ताको जिम्मेवारी बढेको बताउनुभयो । – (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*