पालुङ बसपार्कको सार्वजनिक शौचालय डुङ्डुङ्ती गन्हाउने ,बस जत्रै फोहोरको थुप्रो

तु खबर संवाददाता
२०७४ पुष २१, शुक्रबार १५:४५

मकवानपुर, २१ पुस । मकवानपुरको हेटौँडा स्थित पालुङ बर्सपार्कमा रहेको शार्वजनिक शौचालय दुर्गन्धित बनेको छ । बसपार्कको शौचालय प्रयोग गर्ने सर्वसाधारणहरु नै शौचालयमा पुग्दा अत्यन्त दुर्गन्ध आउने गरेको बताउँछन् ।


पालुङ बसपार्कमा दामन ,पालुङ् नामटार , चित्लाङ ,भिमफेदी ,सिस्नेरी लगाएतका रुटमा चल्ने सवारी साधानको आवतजावत दैनिक हुने गर्दछ । दैनिक मानिसको चहलपहल पनि हुने गर्दछ । सर्वसाधारणको लागि शार्वजनिक शौचालयको व्यवस्था पनि गरीएको छ , तर कोही शार्वजनिक शौचालयमा सहज रुपमा दिसापिसाब गर्न सक्ने वातारण भने छैन् । तु खबरलाई गुनासो गर्दै भिमफेदीका दिपक तामाङले पैसा तिरेर दिसापिसाब गर्दा पनि दुर्गन्धले सासै जाला जस्तो हुने गरेको उनले बताए ।

त्यसो त शार्वजनिक शौचालयको मात्र व्यवस्थापन नभएको हैन । बसपार्क वरिपरिको सरसफाई व्यवस्थापन पनि अस्तव्यस्त छ । फोहोरनै फोहोरले बसपार्कलाई ढाकेको छ । तर यति हुँदासम्म सम्बन्धित निकायको ध्यान भने गएको देखिदैंन ।

हामीले हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायलाई यस विषयमा जिज्ञासा राख्दा पालुङ बसपार्क हेउनपाको स्वामित्वमा नरहेको बताए । सार्वजनिक स्थान र शौचालय सफा हुनु आवश्यक छ , साथै बसपार्कको सरसफाई व्यवस्थापन हुनुपनि आवश्यक छ । यस विषयमा संम्बन्धित निकायको ध्यान चाँडैं जानुपर्ने सेवाग्राहीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*