चितवन उद्योग संघको अध्यक्षमा दुवाडी

तु खबर संवाददाता
२०७४ पुष २१, शुक्रबार १२:४३

चितवन, २१ पुस । चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन हुुनुभएको छ ।

संघको १८ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनअन्तर्गत बिहीबार शुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत चयन हभएका हुन् दुवाडी संघको वरिष्ठ उपाध्यक्ष थिए। यस्तै छजना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य र तीनजना एशोसियट्स सदस्यहरु सर्वसम्मत चयन भएका छन् । संघको छजना उपाध्यक्षमा त्रिलोचन कँडेल, राजु पौडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, मदन घिमिरे र प्रतिभा श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यसैगरी खुल्ला सदस्यमा विष्णुप्रसाद पौडेल, नारायणप्रसाद सापकोटा, विक्रम सापकोटा, सुवास प्रधान, अर्जुनप्रसाद सापकोटा, गजेन्द्र अधिकारी, प्रमोद लामिछाने, दुर्गाप्रसाद भण्डारी, युगराज वस्ती, पोखरेल मदनचिरञ्जीवी, राशि लामा र जितबहादुर हमाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै वस्तुगततर्फ ताराबहादुर कार्की, एशोसियट्सतर्फ गोपालप्रसाद गैरे सर्वसम्मत चयन हुनुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोपीलाल देवकोटाले जानकारी दिए । यस्तै प्रिमियर एशोसियट्समा उम्मेदवारी नपरेकाले खुल्लाबाट पदपूर्ति गरिएको छ । खुल्लातर्फ प्रकाशचन्द्र भट्टराईले उम्मेवारी फिर्ता लिएका थिए । अब दुईजना सदस्य नयाँ कार्यसमितिले मनोनीत गर्नेछ भने निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने व्यवस्था रहेको छ । त्यससंगै संघको २५ सदस्यीय कार्यसमिति चयन गरिने छ । यस्तै संघको वरिष्ठ उपाध्यक्ष भने गभर्निङ काउन्सिलले चयन गर्नेछ । छजना उपाध्यक्षमध्ये एकजनालाई एक वर्षभित्रमा वरिष्ठ उपाध्यक्षमा चयन गर्ने विधानमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*