चेपाङ विद्यार्थीलाई न्यानो कपडा सहयोग

तु खबर संवाददाता
२०७४ पुष २१, शुक्रबार १०:४७
तस्बिर–अर्जुन सञ्जेल

मकवानपुर, २१ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित चेपाङ प्राविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि हेटौँडा निवासी सामाजसेवी पोकराज मैनाली र पार्वती मैनालीले विद्यालयमा गई सुईटर, टोपी र शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

जापानमा वस्दै आएका मैनालीका छोरा प्रसंन्न मैनालीले जुटाएको सहयोगबाट विद्यालयमा अध्ययनरत १ सय १३ जना विद्यार्थीलाइ न्यानो कपडा प्रदान गरिएको हो । सो विद्यालयका प्रध्यानाध्यपक राजेन्द्र न्यौपानेले विद्यार्थीहरुलाई सहयोग गरेकोमा धनद दिँदै जाडोले गर्दा विद्यार्थीहरुलाई अध्ययन गर्न समेत आउन कठिन भईरहेको अवस्थामा यस किसिमको सहयोगले विद्यार्थीहरुले जाडोमा केहि राहात पाएको बताए । कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका राजन मैनालीका साथै अभिभावकहरुको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*