ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७४ पुष २१, शुक्रबार ०८:१६
तस्बिर–गुगल

लहान, २० पुस । सिरहा अर्नामा गाउँपालिका–३ मा आज ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का रामकुमार शर्माकी डेढ वर्षीया छोरी सपनाकुमारी रहेकी छिन् ।

तस्बिर–गुगल

अर्नामा गाउँपालिका–३ स्थित मामाघर आएकी उनलाई खेलिरहेको अवस्थामा स १ त ५४७० नं को ट्र्याक्टरले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्र्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*