संघलाई इमान्दार र पारदर्शी नेतृत्व चाहिएको छ : अविनाश गजुरेल, सदस्य उम्मेदवार
मकवानपुर, २० पुस । आसन्न नारायणी यातायात व्यवसायी संघको निर्वाचनमा गोकर्ण प्रसाद पराजुलीको प्यानलबाट सदस्यका उम्मेदवार अविनाश गजुरेलले व्यवसायी सदस्यहरुले अवसर दिए सबैको हीतको लागि कार्य गर्ने बताएका छन् ।
उम्मेदवारीको सवालमा तु खबरसँग कुरा गर्दै सदस्य उम्मेदवार गजुरेलले व्यवसायीको हीतको लागि आफू र पराजुलीको टिमले कार्य गर्ने बताए । व्यवसायीको समस्या निकै भयावह भएको उल्लेख गर्दै उनले त्यसका लागि असल र सक्षम नेतृत्व छनौट आवश्यक भएको दावी गरे । चालक, सहचालकलाई तालिम, उनीहरुको सुरक्षा र व्यवसायीको हितलाई सोचेर दीर्घकालिन र अल्पकालिन योजनाहरु आफ्नो टिमले तयार गरिरहेको बताउँदै गजुरेलले यि योजनाको कार्यान्वयनका लागि सक्षम नेतृत्व गर्न उनले यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
भइरहेको सवारीको व्यवस्थापन पनि अहिलेको मूख्य चुनौती रहेको गजुरेलको भनाईछ । इमान्दार र पारदर्शी नेतृत्वले मात्र संघको अहिलेको भद्रगोललाई सही ठाउँमा ल्याउन सक्ने र त्यस्तो नेतृत्व पराजुली भएको दावी उनको छ ।
