शिक्षा नीतिको बारेमा छलफल गर्न प्याब्सनको प्रदेश बैठक हेटौंडामा

तु खबर संवाददाता
२०७४ पुष २०, बिहीबार १९:१५
तस्बिर–अशोक सुजन श्रेष्ठ

मकवानपुर, २० पुस । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) प्रदेश नम्बर ३ को चौथो नियमित बैठक शुक्रबार हेटौंडामा बस्ने भएको छ ।

शिक्षा आयोगले तयार पारेको शिक्षा नीतिको बारेमा बैठकमा गहन छलफल गरि बार्षिक साधारण सभा गर्न आयोजक कमिटी गठन गर्ने प्याब्सन प्रदेश नम्बर ३ का अध्यक्ष रामहरी रिमालले जानकारी दिए ।

बिहीबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रिमालले बदलिदो परिबेशमा शिक्षा सम्बन्धी समसामयिक बिषयमा पनि छलफल गरि निष्कर्ष निकालिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्याब्सन प्रदेश नम्बर ३ का बरिष्ठ उपाध्यक्ष केशवलाल श्रेष्ठ, उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष मदनकुमार दाहाल लगाएतको आतिथ्य रहेको थियो । प्याब्सनका मकवानपुर जिल्ला अध्यक्ष मदनकुमार दाहालले राज्यले बिभिन्न बहाना बनाएर निजी बिद्यालयलाई धरासायी बनाउन खोजेको भन्दै आपत्ती जनाए ।

उनले केन्द्रमा त्यसबिरुद्ध अभियान शुरु भईसकेको भन्दै जिल्लामा पनि बिरोधको तयारी भईरहेको बताए । प्रत्येक दुई महिनामा बस्ने नियमित बैठक बस्न प्याब्सन प्रदेश नम्बर ३ का ३३ सदस्सीय कार्यसमितिका पदाधिकारी हेटौंडामा भेला भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*