नक्कली नोट सहित मकवानपुरमा एक पक्राउ

तु खबर संवाददाता
२०७४ पुष २०, बिहीबार १८:३४

मकवानपुर २० पुस । मकवानपुरको हेटौंडा उपमहानगरपालिका पशुपति नगरमा हिजो बुधबार एक जनालाई नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको छ । बारा जितपुर सिमरा उपमहानगरपालिका १६ बस्ने ३१ बर्षको मनोज पन्तलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए अनुसार निजले चिया खान पसलमा नक्कली नोट साटीरहेको देखेर प्रहरीले चेकजाँच गर्दा पकेटमा अन्य नक्कली नोटहरु समेत भेटिएको थियो । उनको साथबाट प्रहरीले ८ वटा हजारको नक्कली नोट भेटेको थियो ।
पक्राउमा परेका पन्तको थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*