हिजो साँझदेखि हराएका उमंगको खोजी गरिदिन आग्रह

तु खबर संवाददाता
२०७४ पुष २०, बिहीबार १५:४२

मकवानपुर, २० पुस । मनहरी गाउँपालिका वडा नं. ३ बस्ने उमंग खुलाल हिजो साँझदेखि हराएका छन् । उनको विषयलाई लिएर बुबा आमा तथा परिवार निकै चिन्तामा छन् । आफ्नै घरबाट हृटौंडा १९ बस्तीपुरमा ट्यशन कक्षा लिन आएका १३ वर्षीय खुलालको खोजतलासको लागि परिवारले अपिल समेत गरेका छन् । घरबाट ट्युशन पढ्न भनी हिँडेको तर घरमा नआएको परिवारहरुको भनाई छ ।
खुलालको विषयमा कुनै सूचना भए तत्काल प्रहरीलाई खबर गरिदिन आफन्तजनले आग्रह गरेका छन् । खुलालको खोज तलास गरिदिनेबारे कुनै निवेदन प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । महिला तथा वालवालिका सेलले खुलालको खोजतलासको लागि निवेदन नआएको जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*