पुसको जाडोमा धुर्मुसले बाँडे न्यानो कपडा

तु खबर संवाददाता
२०७४ पुष २०, बिहीबार ०८:०९

महेन्द्रनगर, धनुषा, २० पुस । हास्य कलाकार सीताराम कट्टेलले शीतलहरको कहर चलेको बेला चिसोमा कठ्यांग्रिएर बसिरहेका दलित बस्तीका समुदाय र अनाथालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।

जनकपुर उपमहानगरपालिका–१ स्थित धर्मवान टोलको दलित बस्ती र जनकपुरको कविर अनाथ बालआश्रममा कम्बल वितरण गरिएको हो । चिसोसँगै चलेको शीतलहरले कठ्यांग्रिन बाध्य धर्मवान टोलका ८० घरपरिवारलाई बुधबार धुर्मुसले कम्बल घरघरमा पुगेर वितरण गरे ।

उक्त बस्ती गत असार महिनामा आएको बाढीले डुबानमा परेर दर्जनौँ घरपरिवार विस्थापित हुनुपरेको थियो । त्यति बेला पनि धुर्मुस सुन्तली फाउण्डेशनबाट बाढी प्रभावित त्यस बस्तीका परिवारलाई खाद्यान्न त्रिपाललगायत सामग्री वितरण गरिएको थियो ।


त्यसैगरी जनकपुर उपमहानगरपालिका–८ स्थित कविर अनाथ बाल आश्रमका १० बालबालिकाका लागि २० वटा कम्बल उनले आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई हस्तान्तरण गरेको राससले जानकारी दिएको छ ।

धुर्मुसले हालसम्म बारा, रौतहट र धनुषाका विभिन्न दलित बस्तीका सयौँ घरपरिवारलाई एक हजार ५०० कम्बल वितरण गरिसकिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*