नारायणी यातायातमा अध्यक्षका लागि हिरालालको उम्मेदवारी घोषणा (प्यानल सहित)

तु खबर संवाददाता
२०७४ पुष १८, मंगलवार १७:४४

मकवानपुर, १८ पुस । नारायणी यातायात व्यवसायी संघको आगामि कार्यकालको लागि हेटौँडाका चर्चित व्यापारी व्यवसायी हिरालाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार हेटौँडामा भएको पत्रकार सम्मेलन मार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्षमा किरण कटुवाल,उपाध्यक्षमा विष्णु बिडारी, महासचिवमा सरोजकुमार खनाल, कोषाध्यक्षमा राजेश खड्गी, सचिवमा ठाकुरनाथ सुवेदी, देवनारायण लामिछाने (भिमसेन), गुणराज घिमिरे र सुरज खड्गी र सहकोषाध्यक्षमा कपिलबहादुर बानियाँ रहेका छन् ।

त्यस्तै यात्रुबहाक सदस्यमा डम्बरबहादुर गोपाली,ट्यांकर सदस्यमा केशवकुमार उप्रेती र सदस्यहरुमा कुमार वर्तौला, विश्वराज राई,पुरुषोत्तम पुडासैनी (भान्जा), विष्णुलाल श्रेष्ठ, भिमप्रसाद बास्तोला (श्याम टुपि) र इन्द्रबहादुर भ्लोन रहेका छन् ।

श्रेष्ठको प्यानलबाट क्षेत्रीय उपाध्यक्षका लागि चितवनबाट अशोक कुमार पोखरेल, क्षेत्रीय सहसचिवका लागि चितवनबाटै विष्णुप्रसाद पंगेनी, क्षेत्रीय यात्रुबहाक सदस्यका लाति चितवनबाटै कमल शाह, क्षेत्रीय उपाध्यक्ष विरगंजबाट विनोदकुमार मानन्धर,क्षेत्रीय सदस्य विरगंजका लागि सोमबहादुर पोखरेल, क्षेत्रीय उपाध्यक्ष काठमाडौँका लागि श्रीकृष्ण खनाल र क्षेत्रीय सदस्य काठमाडौँका लागि पुरुषोत्तम रिजालको नाम घोषणा गरिएको छ ।

संघमा अध्यक्षका लागि सोमबार नै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष समेत रहेका गोकर्ण पराजुलीले समेत प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*