मकवानपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति यस्तो छ ,क–कस्ले जिते सम्पूर्ण नामावली सहित
मकवानपुर १८ पुस । मकवानपुर उद्योग वाणिज्य संघको मतगणना भर्खरै सम्पन्न भएको छ । मतगणना सकिएसंगै मउवा संघले नयाँ कार्यसमिति समेत पाएको छ । अध्यक्ष पदको लागि महेन्द्र राउतलाई १ सय ८८ मतअन्तरले पराजित गर्दै कृष्णकुमार कटुवालले चुनाव जितेका छन् । कटुवाललाई १ हजार २६ मत प्राप्त भएको थियो भने राउतलाई ८ सय ३८ मत प्राप्त भएको थियो ।

जम्मा मतदाता संङ्ख्या २ हजार ३ सय ५६ रहेकोमा १ हजार ९ सय ५६ जनाले मात्र मतदान गरेका थिए । जसमा १३२ मत बदर भएको थियो । उपाध्यक्षमा वाणिज्य तर्फ कृष्णकुमार गुप्ता अग्रवाल विजयी भएका छन् । त्यसैगरी उद्योग तर्फको उपाध्यक्षमा माधव न्यौपानेले २ सय ३० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी रविन्द्र घिमिरेले १ सय ६७ मत प्राप्त गरेका थिए ।
साथै एशोसिएट तर्फको उपाध्यक्षमा गणेश प्रसाद भेटवालले चुनाव जितेका छन् । त्यसैगरी बस्तुगत उपाध्यक्ष तर्फ रामप्रसाद न्यौपाने चुनाव अधिनै निर्विरोध भएका थिए ।
त्यसैगरी सदस्यहरुमा
१.उद्योग तर्फ
प्रमोद सिंह रानाभाट
रुपकराज दाहाल
सन्तोष अर्याल
नरेन्द्र भण्डारी
प्रतिमा श्रेष्ठ
२. वाणिज्य तर्फ
काव्यमणी अधिकारी
रवि सर्मा कडेंल
कुल प्रसाद चौंलागाई
कृष्ण ढ्ङ्गाना
अनिल अग्रवाल
माधव ज्ञवाली
दिवस पराजुली
निलम बैध (निर्विरोध)
राधिका पाण्डे(निर्विरोध)
कृष्णहरी बर्तौला (निर्विरोध)
३. बस्तुगत तर्फ
राजुु अधिकारी (निर्विरोध)
सुनिल अधिकारी (निर्विरोध)
४. एशोसिएट तर्फ
शान्तिराम धिमाल (निर्विरोध)
दिपक उप्रति
राजाराम कार्की
विष्णु गोपाल मर्हजन
विष्णु खनाल
