मकवानपुरको चित्लाङमा स्थानीयको सहकार्यमा २ किलोमिटर बाटो

–मञ्जरी बलामी
तु खबर संवाददाता
२०७४ पुष १८, मंगलवार ११:५९

–मञ्जरी बलामी
मकवानपुर, १८ पुस । उत्तरी मकवानपुरको थाहानगरपालिका वडा नं १० को चित्लाङ कलाटुमा स्थानियको सहकार्यमा २ किलोमिटर सडक खनिएको छ ।
सामाजिक विकासमा सबै एकजुट भएपछि रकम संकलन गरि विकास निर्माणको कार्य सुरु गदै कलाटुवासीले उदाहरणिय कार्य गरेका छन् । आवतजावतमा समस्या भएका कारण स्थानिय सिद्धिकुमार गमालको परिकल्पना अनुसार सडक निर्माण कार्य सूरु भएको हो ।

थाहा नगरपालिका लगायत कुनै पनि सरकारी तथा गैर सरकारी निकायको आर्थिक सहयोग बिना नै झलक चन गमाल को नेतृत्वमा कलाटु बासीले ४ मिटर फराकिलोे सडक खनेका हुन् । ‘एक बर्षमा निर्माण सकिने गरि लक्ष्य राखी पोहोरबाटै कार्यसूरु गर्न रकम संकलन गर्न थालिएको थियो र हाल सम्म करिब ४ लाख ५० हजार बराबरको रकम संकलन भैसकेको छ’ स्थानिय परशुराम गमालले बताए ।

उक्त सडकको लागि नगरमा बजेट माग गर्दा समेत बजेट नपरेपछि स्वत स्फुर्त रुपमा रकम संकलन गरि कलाटु स्थित ढुङ्गेधारादेखि पाटीसम्म जेसिबि लगाइ २ किलोमिटर सडक खनिसकेका छन । २ किलोमिटर सडक खनिए पनि आर्थिक अभावका साथै स्थानियको जग्गाको कारण कार्य अघि बढाउन समस्या भएको गमालले जानकारी दिए ।

थाहानगरपालिका १० चित्लाङ कलाटुदेखि महादेवस्थानसम्म सडक जोड्ने लक्ष्यका साथ सुरु भएको उक्त कार्यमा हाल ग्याभिङ् जाली भर्ने कार्य भैरहेको छ । हालको लागि सडक निर्माणको कार्य यहि पौष १८ गते सम्म मात्र गरिने र जग्गाको कुरा मिलेमा पुनः सुरु हुने स्थानिय परशुराम गमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*