गठबन्धन नमिल्दा जनताको सपनामा लाग्दै धमिरा

तु खबर संवाददाता
२०७४ पुष १८, मंगलवार ०९:१९
तस्बिर : नेपालपत्र

काठमाडौँ, १८ पुस । वाम गठबन्धनभित्रको चरम विवादले अवको ५ बर्षसम्मको निरासाजनक तस्विर देखिएको छ । दिन कस्तो हुन्छ भन्ने कुरा विहानीले बताउँछ भनेजस्तै जनताले स्थिर सरकारको आकांक्षमा मतदान गरेका वाम गठबन्धन निर्वाचन परिणाम घोषणा भैनसक्दै भागशान्तिमा रमाउन थालिसकेका छन् । १२ बर्ष कुुकुरको पुच्छर उस्तै भन्ने नेपाली उखानको भावार्थ वाम घटकको कार्यशैलीले देखाउँदै छ ।

वाम गठबन्धनलाई भारी मतदान गर्नुहोस्, स्थिर सरकार बनाएर देशलाई आर्थिक उन्नतिमा लैजान्छौ भनेर खोकेको खोक्यै गर्ने प्रचण्ड ओलीहरु अब त्यो पदमा को पुग्ने भनेर लडाईँ सुरु गर्न थालिसकेका छन् । आफ्नै पाटीभित्रका नेतालाई पछार्ने रणनीति ओलीमा देखिन्छ भने आफूलाई के प्राप्त हुन्छ भनेर प्रचण्ड खोचे थापिरहेका छन् ।
आलोपालो प्रधानमन्त्री चलाउनेसम्मका कुरा टप लिडरहरुबाटै आइसकेको छ । पहिलेजस्तै ६/ ६ महिनामा आलोपालो चलाउन जनताले मत दिएका हुन् ? पक्कै होइन । जनता स्थिर सरकार, विकास चाहन्छन्, नेता कुर्सी त्यसपछि कुर्सी र फेरी कुर्सी चाहन्छन् भन्ने प्रमाणित भएकै कुरा हो ।
राष्ट्रपति को बन्ने, प्रधानमन्त्री कस्ले खाने, प्रदेश कसले चलाउने बाहेक देश बनाउने भन्ने कुरा यि नेताहरुको बोक्रे दिमागमा आएन भन्ने जनता चोकचोकमा छन् । जनतालाई आसावादी बनाएर देशलाई समृद्ध बनाउने काम यिनको हो । तर, यि नेताहरुको तालले जहिले पनि जालझेलबाहेक केही पनि सिकाएन । वाम गठबन्धनभित्रका अवसरवादीहरुलाई पहिचान गर्न नसके ५ वर्ष त जे जसो गरेपनि खालान् त्यसपछि यिनका हालत पतला हुने कुरमा कुनै शंका गर्न पर्दैन । जनताले देश बनेको हेर्न चाहेका छन्, नेता कुन पदमा बस्छन् भन्ने एजेण्डा जनताको होइन । अब पनि चेत नखुल्ने हो भने यिनका अस्थित्व लोप हुन सक्छ ।

जनमतको ख्याल गर्दै आफ्ना क्रियाकलापलाई अघि बढाउन सकेमात्र भलो होला, नत्र त के होला होला ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*