वाणिज्य उपाध्यक्षमा कृष्ण गुप्ता अग्रवाल ७० मतले अगाडी , अब अध्यक्षको पनि मतगणना सुरु हुने
मकवानपुर १८ पुस । मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरको वाणिज्य तर्फको ९०० मत गन्दा हालसम्म राउत प्यानलका उपाध्यक्षका उम्मेदवार कृष्ण गुप्ता अग्रवालले ४१६ मत प्राप्त गरेका छन् भने कटुवाल प्यानलका उापाध्यक्षका उम्मेदवार दिपक सर्मा ढकाले ३४६ मत प्राप्त गरेका छन् ।
हाल सम्मको मत परिणाम अनुसार अग्रवाल ७० मतले अगाडि बढेका छन् बाँकि मत गन्न बाँकि छ । उद्योग तर्फको मतपरिणाम हिजो बेलुकीनै सार्वजनिक भएको थियो । अध्यक्षको मतगणना केहि समयपछि सुरु हुने स्रोतले जानकारी दिएको छ ।
