नारायणी यातायातको अध्यक्षकालागि गोकर्ण पराजुलीको उम्मेदवारी घोषणा (प्यानलसहित)

तु खबर संवाददाता
२०७४ पुष १७, सोमबार १८:५४

मकवानपुर, १७ पुस । नारायणी यातायात व्यवसायी संघको अध्यक्षका लागि हेटौँडा उपमहानगरपालिकावडा नम्बर ११ का वडाअध्यक्ष समेत रहेका गोकर्ण पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार साँझ हेटौँडामा उम्मेदवारी घोषणा गर्दै उनले विभिन्न प्रतिबद्धत्तासमेत प्रस्तुत गरेका छन् ।

पराजुलीको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदका लागि सुभाष पौडेल, उपाध्यक्षमा दिपक सिवाकोटी, महासचिवमा ध्रुवप्रसाद विडारी, कोषाध्यक्षमा किरण पौडेल, सचिवमा शालिकराम ढकाल र हिराकाजी श्रेष्ठ, ढुवानी सचिवमा रामेश्वर सेढाई, सहकोषाध्यक्षमा गोपाल कार्की र यात्रुवाहक सदस्यमा यादव थपलियाको उम्मेदवारी घोषणा भएको छ ।

त्यस्तै सदस्यहरुमा खोमराज काफ्ले ‘खेम’, तिलक बहादुर कार्की, अविनाश गजुरेल र जयराम कँडेलको उम्मेदवारी घोषणा भएको छ । यात्रुवाहक सचिव र टैंकर सदस्यमा भने भोलि नाम फाईनल हुने पुराजुलीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*