पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा

तु खबर संवाददाता
२०७४ पुष १७, सोमबार १३:२४

पोखरा, १७ पुस । ग्यास्ट्रो केयर प्राइभेट लिमिटेडले पोखराको पृथ्वी चोकमा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

पेट तथा कलेजोको समस्याबाट ग्रसित बिरामीलाई त्यससम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने र विशेषज्ञसहितका उपचार सेवाका लागि पोखरा बाहिर जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा सञ्चालनमा ल्याएको केन्द्रका सञ्चालक डा सुवास भट्टराईले जानकारी दिए।

उक्त केन्द्र आज उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हामीहरूले आफ्नै स्वास्थ्यको ख्याल नगर्दा विभिन्न समस्याबाट ग्रसित बन्नुपरेको बताए ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त, युआएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त, सामुदायिक सेवा जिल्ला समन्वय समितिका संयोजक विष्णुबहादुर भट्टराई, डा मेरिना ज्ञवालीलगायतले पेट तथा कलेजोसम्बन्धी विशेषज्ञसहितको उपचार सेवाका लागि केन्द्र सफल हुने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*