मउवा संघको निर्वाचन सुरु ,राउत र कटुवाल पनि मतदान गर्न जाँदै
मकवानपुर १७ पुस । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन सुरु भएको छ । आज विहाल ८ बजेबाट सुरु हुने भनिएता पनि यो समाचार तयार पार्दा भर्खरै हेटौंडाको पल्पसा सभागृहमा निर्वाचन सुरु भएको हो । निर्वाचनमा २३ सय ५६ जना उद्योगी तथा व्यवसायीले मतदान गर्ने छन् ।
मतदान आज दिनभर चल्ने छ । निर्वाचन पश्चातनै मतगणना हुने समेत निर्वाचन अधिकृत ईश्वरराज ढकालको भनाई छ ।
निर्वाचनमा अध्यक्षका उम्मेदवार कृष्ण कटुवाल र महेन्द्र राउतले पनि केहि समयपछि मतदान गर्ने जानकारी दिएका छन् ।
