अग्रजको माया र सक्षम उम्मेदवारको टिम पाएको छु : कृष्ण कटुवाल

तु खबर संवाददाता
२०७४ पुष १६, आईतवार २१:२७

मकवानपुर १६ पुस । मकवानपुर उद्योग वाणिज्य संघको भोली पुस १७ हुने निर्वाचनमा अग्रज र सक्षम टिमको साथ पाएकोमा अध्यक्षका उम्मेदवार कृष्ण कटुवालले खुसी व्यक्त गरेका छन् । आज मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन मार्फत उनले आफुले चुनाव जितेको खण्डमा उद्योगि र व्यवसायीको हितका लागि धेरै काम गर्ने योजना बनाएको समेत बताए । व्यवसायीक हितका लागि आफुहरु जुटेको उनको भनाई छ ।
त्यस्तै आफुहरु संग पुर्व अध्यक्षको साथ सर्पोट रहेको कारण चुनावमा जान आफु ढुक्क रहेको उनको भनाई छ । पुरानाहरुको साथ र सहयोग रहेको समेत उनको भनाई छ ।
संस्थाको साख जोगाउनको लागि आफुहरु सधैं लागिरहने समेत उनले बताए । कार्यक्रममा पुर्व अध्यक्ष भुवनलाल श्रेष्ठ उपाध्यक्षका बस्तुगत तर्फका उम्मेदवार रामप्रसाद न्यौपाने , उपाध्यक्षकै उम्मेदवार दिपक सर्मा ढकाल लगाएत कटुवाल प्यानलका उल्लेखनिय उम्मेदवारको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*