कटुवालको चुनावी उपहार काम नलाग्ने : राउत
मकवानपुर १६ पुस । मकवानपुर उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनका उम्मेदवार महेन्द्र राउतले आफ्नो प्रत्यासी कृष्ण कटुवालको चुनावी स्कीम काम नलाग्ने बताएका छन् । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी राउतले आफु हरेक किसिमले योग्य उम्मेदवार रहेकोले व्यवसायीले आफैं पहिचान गर्ने समेत बताए ।
कटुवालको निर्वाचन लक्षित उपहार र व्यवसायीक कर छुट नामक स्किम व्यवसायीले राम्ररी बुझेको उनले बताए । व्यवसायीलाई स्किम र उपहार भन्दापनि व्यवसायीको हकहितका लागि काम गर्ने उम्मेदवार आवश्यक रहेको उनको भनाई छ । आफु महासचिव हुँदा पनि व्यवसायीको हकहितका लागि आफु सक्रिय भएकोले आफुहरुको भरपर्दो टिमलाई नै जिताँउनको लागि उनले पत्रकार मार्फत सम्पूर्ण व्यवसायीलाई अनुरोध समेत गरेका छन् । उनले व्यवसायीहरुको समस्या सुन्नको लागि फोन नम्वरको समेत व्यवस्था गरेको बताए ।
कार्यक्रममा मउवा संघका अध्यक्ष राजकुमार न्यौपाने उपाध्यक्षका उम्मेदवारहरु एशोसिएटका उज्वल चौलागाई , वाणिज्य तर्फका कृष्ण गुप्ता अग्रवाल , उद्योग तर्फका रविन्द्र प्रसाद घिमिरे , लगाएतको उपस्थिति रहेको थियो ।
