सामुदायीक सेवा केन्द्र मकवानपुरमा राम विष्ट दोहोरिए
हेटौंडा,१६ पुस । सामुदायीक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुनः राम विष्ट निर्बिरोध निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनबाट विष्ट दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा बिनोद लामिछाने, सचिव रमिला सापकोटा, सह सचिव महेश्वर मान श्रेष्ठ र कोषाध्यक्षमा राम प्रसाद कोईराला सर्बसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा केशव न्यौपाने, सिताराम पौडेल, लोकनाथ पुडासैनी, मिलन सेढाँई, अच्युतराज मिश्र, रानायण प्रसाद खतिवडा निर्वाचित भएका छन् ।
छैठौं अधिवेशन हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो । अधिवेशनमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खड्का,जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख दिलिप झा,निवर्तमान अध्यक्ष कुमार पौडेल,संस्थापक अध्यक्ष रामचन्द्र अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
