ज्योति मगरले हेटौंडामा बबाल मच्चाईन्
मकवानपुर १५ पुस । चर्तित गायीका तथा मोडेल ज्याति मगरले आज हेटौंडामा बबाल मच्चाईन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औधोगिक शान्ति नेपाल संस्थाको आयोजनामा हेटौंडामा यहि पुस ७ गते देखि संचालन भईरहेको व्यापार मेलामा ज्योतिले आज शनिवार हेटौंडाका युवा युवतीहरुलाई छमछमी नचाईन् ।
अन्य दिनहरुमा खासै भिडभाड नदेदिने मेलामा आज भने मानिसहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । त्यसो त ज्योति मगर युवा युवतिको रुचि र लोकप्रिय बनिसकेकि छिन् । उनले आज उहि मुलाको सिन्की उहि मुलाको चाना ,पानको पात , सुर्खेतमा बुलबुले ताल लगाएतका गितहरु गाएर निकै समय हेटौंडेली दर्सकलाई मनोरञ्जन प्रदान गरीन् ।
